arrow

खोटाङले पायो राप्रपाको नेतृत्व  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
khotang-district.png

खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको जिल्ला अध्यक्षमा ललितकुमार राई ‘जीवन’ चयन भएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको निर्वाचित वडाध्यक्ष बनेका उनी राप्रपाको आइतबार सम्पन्न प्रथम अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 
    
विसं २०३७ देखि गाउँ कार्यसमिति सदस्य हुँदै जिल्ला युवा सङ्घको अध्यक्ष भएका उनी २०५४ मा पार्टी विभाजन हुँदा जिल्ला सहसचिव, राप्रपा जनशक्ति र राप्रपा एकता हुँदा सर्वसम्मत जिल्ला अध्यक्ष बनेका थिए । 

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकता भएपछि जिल्ला सहअध्यक्ष, प्रदेश नं १ को सहसचिव र त्यसपछि पुनः पार्टी फुटेपछि जिल्ला अध्यक्ष बनेका थिए । 

राप्रपा नेपाल र राप्रपाबीच पुनः पार्टी एकता भएपछि आयोजित प्रथम जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकले चयन गर्ने जनाइएको छ । एकैसाथ आयोजना गरिएको क्षेत्र तथा जिल्ला अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ । दुवै क्षेत्रमा ७७–७७ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको नवनिर्वाचत जिल्ला अध्यक्ष राईले जानकारी दिए । 

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएकी छिन् । पन्ध्र वडा रहेको यस नगरपालिकामा ९५ सदस्यीय समिति गठन गरिएको पार्टीले जनाएको छ । 

क्षेत्रको अन्य पदाधिकारी क्षेत्रले र नगरको अन्य पदाधिकरी नगरले छान्ने राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रविन चाम्लिङले बताए । जिल्लामा आमसभासहित उद्घाटन गरिएको अधिवेशनको अवसर पारेर पार्टीले दिक्तेलबजारमा र्यालीसमेत निकालेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ