arrow

बाँकेको जमुनाह नाकाबाट बरामद गरिएका लाखौँको पटाका नष्ट गरियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
pataka-banke.JPG

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले ठुलो परिमाणमा बरामद गरेको पटाका नष्ट गरेको छ। 

जिल्ला प्रहरी बाँके परिसरमा पत्रकारहरूको रोहबरमा इलाका प्रहरी कार्यालय जमुनाह र विभिन्न स्थानहरूबाट बरामद गरिएका २ लाख रुपैयाँ बराबरका पटाका नष्ट गरिएको हो। 

 इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले भारतको रुपईडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको १ लाख बराबरको बरामद गरिएका पटाकालाई जिल्ला प्रहरी बाँके परिसरमा नष्ट गरिएको छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमान्डको टोलीले विभिन्न स्थानबाट बरामद गरेको १ लाख रुपैयाँ बराबरका बरामद गरिएका  पटाकालाई आज दिउँसो नष्ट गरेको हो। जिल्ला प्रहरी बाँकेले सहर भित्र ध्वनि प्रदूषण र आगलागी हुनसक्ने खतराबाट जोगाउन भारतबाट पटाका ल्याउन रोक लगाएको छ।

 सीमा नाकामा पटाका ल्याउनमा रोक लगाएपछि अन्य नाका हुँदै ल्याइने पटाकालाई समेत प्रहरीले बरामद गर्दै आएको छ। पटाका नष्ट गर्दै जिल्ला प्रहरी बाँकेका डिएसपी मधुसूदन न्यौपानेले पटाका ल्याउन प्रतिबन्ध लगाइएको र लुकिछिपी पटका पट्काए कारबाही गरिने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ