- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भगवान् बुद्ध आत्मज्ञानको खोजीमा तपस्या गरिरहेका थिए । उनको मनमा विभिन्न प्रश्नहरू खेलिरहेका थिए । उनलाई प्रश्नको उत्तर चाहिएको थियो तर अनेक प्रयासहरूको बाबजुद पनि सफलता हुन सकेनन् ।
उनी आत्मज्ञानको प्राप्तिको लागि कठोर तपस्या गर्न लागे। अनेक कष्ट सहन गरे, कयौँ स्थानहरूको यात्रा गरे तर जुन समाधान उनलाई चाहिएको थियो त्यो पाउन सकेनन् ।
एक दिन उनको मनमा केही निराशाको सञ्चार भयो । सोच्न थाले, धन, माया, मोह र संसारको समस्त वस्तुहरूको पनि त्याग गरे। फेरी पनि आत्मज्ञानको प्राप्ति भएन । के म कहिले आत्मज्ञान प्राप्त गर्न सक्छु ? मलाई अघि के गर्न आवश्यक छ ?
यसै प्रकारको अनेक प्रश्न बुद्धको मनमा उठी रहेको थियो । तपस्यामा सफलताको कुनै सङ्केत देखिएको थिएन । यता बुद्धले प्रयासहरू गर्नमा कुनै कमी छोडेका थिएनन् । उनी उदास मनबाट यी नै प्रश्नहरूमा मन्थन गरिरहेका थिए ।
यसै क्रममा उनलाई तिर्खा लाग्यो । उनी आफ्नो आसनबाट उठेर जल पिउनको लागि सरोवर भएको ठाउँमा गए । त्यहाँ उनले एक अद्भुत दृश्य देखे।
एक लोखर्के मुखबाट केही फल लिएर सरोवरमा आयो । फल सरोवरमा झर्यो । लोखर्केले देख्यो, फल पानीको गहिराइमा गइरहेको छ ।
लोखर्केले पानीमा छलाङ हान्यो । उसले आफ्नो शरीर पानीमा भिजायो र बाहिर आयो । बाहिर आएर उसले आफ्नो शरीरमा लागेको पानी झार्यो र पुनः सरोवरमा हाम फाल्यो।
उसले यो क्रम जारी राख्यो। बुद्धले उसलाई हेरिरहेका थिए तर लोखर्के यस कुराको वास्ता गरेन । उ लगातार आफ्नो काममा जुटी रह्यो। बुद्ध सोच्न थाले, यो कस्तो लोखर्के हो! सरोवरको जल यसले कहिले पनि सुकाउन सक्दैन तर यसले हिम्मत हारेन। उ पुरै शक्ति लगाएर सरोवर खाली गर्न जुटेको छ ।
अचानक बुद्धको मनमा एक विचारको उदय भयो - यो लोखर्के फेरी पनि आफ्नो लक्ष्यको प्राप्त गर्नमा जुटेको छ । म त मनुष्य हुँ। आत्मज्ञान प्राप्त भएन तब मनमा निराशाको भाव आउन थाल्यो । म पुनः तपस्यामा जुट्छु।
यस प्रकार महात्मा बुद्धले लोखर्केबाट पनि शिक्षा प्राप्त गरे र तपस्यामा जुटे । एक दिन उनले आत्मज्ञान प्राप्त गरे र भगवान् बुद्ध कहलाइए ।