arrow

महिलालाई जबर्जस्ती यौनधन्दामा लगाउने दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
Pakrau.jpg
तस्बिरः जिल्ला प्रहरी कार्यालय कास्की

पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोडस्थित संगीना खाजा घरका सञ्चालकहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. २ घर भइ पोखरा ८ जाल्पारोडका बस्ने २६ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका वडानं. ७ घ्यालचोक घर भई पोखरा १४ चाउथे बस्ने २४ वर्षीय विराज राना मगर छन् ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । 

महिलाहरूलाई ललाई फकाई प्रलोभनमा पारी तथा डर त्राससमेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाएको आरोपमा कास्की प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 


साथै उनीहरुमाथि मंगलबार राति एक महिलालाई जबरजस्ती मोटरसाइकलमा राखेर लैजाँदै गरेको अभियोग पनि छ । 


होटलमा महिलाहरूलाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति ९ बजे पक्राउ गरिएको डिएसपी हमालले बताए । 

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ