- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। अलिबाबा समूहको दराज अनलाइन शपीङले काठमाडौँ मेरियट होटेलमा पत्रकार सम्मेलन गरी वर्षकै सबैभन्दा ठुलो एक दिवसीय सेल –११ लाख उत्पादनहरूमा ५ करोडसम्मको छुट, ११ जनालाई टिभिएस रेडर मोटरसाइकल जित्ने अवसर, र अन्य धेरै अफरका साथ दराज एपमा कार्तिक २५ (नोभेम्बर ११) को दिन सुरु भई २४ घण्टामा समापन हुने जनाएको छ।
दराज प्रयोगकर्ताहरूलाई भव्य सेलमा भव्य मनोरञ्जन र धेरै उपहारहरू जित्ने अवसर प्रदान गर्न चर्चित मिडिया व्यक्तित्व सुरज सिंह ठकुरी, मालभिका सुब्बाका र ११ चर्चित सेलिब्रेटीहरू साथ दराजले कार्तिक २४ (नोभेम्बर १०) मा दराज एप मा ११.११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने पनि जनाएको छ।
कार्यक्रममा मुख्य वक्ताका रूपमा दराजका प्रबन्ध निर्देशक लिनो अहलेरिङ , चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरशिप प्रमुख अरुण फुयाल, र प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदी रहेका थिए भने प्रमुख सञ्चारकर्मी र लोकप्रिय व्यक्तित्वहरूले अतिथिको रूपमा आफ्नो उपस्थिति राखेका थिए। कार्यक्रममा मुख्य वक्ताहरूले अहिलेसम्मकै सबैभन्दा ठुलो ११.११ आयोजना गराउने दराजको तयारीको बारे जानकारी गराए।
“विश्वको सबैभन्दा ठुलो एक दिवसीय अभियान सेल ११.११ फेरी सुरु हुन जाँदै छ। तर हाम्रो सम्पूर्ण टोली र हाम्रो प्लेटफर्ममा रहेका १२,००० प्लस बिक्रेताहरूले गत वर्ष देखिनै यसको लागी धेरै मेहनत गर्दै आएका छन्। देशको लागी एक कठिन वर्ष पछि, नेपालभरका ग्राहक तथा बिक्रेताहरूसँग यो विशेष दिन साझा गर्न पाउँदा हामी निकै नै खुसी छौँ। किनभने उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेको नै ११.११ हो,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए।
यसबाहेक ११ ११ अभियानमा रियल मिजीटि नियो टु जीको विशेष लन्चको साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेट, साथै फेसन, मोटर, सङ्गीत वाद्ययंत्र, होम डेकोर र इलेकट्रोनिक्समा अद्भुत सम्झौताहरू रहेको मुख्य वक्ता चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल मार्फत बुझियो। सामसंग, फिलिप्स, रोटो, सिजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचलित ब्रान्डहरूले विशेष छुट दिने जसमध्ये भारतका ४ ब्रान्डहरू वीरेस्टो, जानस्या, मीसा फेशन, र उस्त्राले सीदै भारतबाट डीलीभर गर्ने जानकारी दिए। सँगसँगै टिभीएस, कोका कोला र सन्सिल्क ११ ११ का विशेष साझेदारहरू रहेका पनि रहेको पनि बुझियो।
“यो वर्षको मेगा गिभअवे सबैभन्दा भव्य हुनेछ। हामी हाम्रा विशेष साझेदार टिभीएससँग मिलि ११ भाग्यशाली ग्राहकहरूलाई टिभीएस रेइडर मोटरसाइकल प्रदान गर्दैछौं। हामी यसका लागी धेरै उत्साहित छौँ ।” दराजका पेमेन्ट र पार्टनरशिपको प्रमुख अरुण फुयालले कार्यक्रममा भने। उनले ११.११ का लागी १५ साझेदार बैङ्कहरूले अनलाइन कार्ड पेमेन्टमा थप १५ प्रतिशत छुट दिने जसमा डेबिट कार्डमा अधिकतम रु ३,००० र क्रेडिट कार्डमा अधिकतम रु ३,५०० रहेको जनाए।
साथै ई–सेवा र आईएमइ पेले पनि विशेष छुट दिने र यति मात्र नभई, ग्राहकहरूले ४ साझेदार बैङ्कका क्रेडिट कार्ड मार्फत ० प्रतिशत ब्याजमा मासिक किस्ता योजना लियी चाहिएको समान खरिद गर्न सक्ने पनि जानकारी गराए।
अभियानको उच्च तीव्रता र कम्पनीको तयारीलाई स्पर्श गर्दै प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले भनिन्, “ग्राहक अनुभवमा कुनै कमी नहोस् भनेर हामीले १,४०० भन्दा बढी नयाँ कर्मचारी सामेल गरेका छौँ जस्मद्दे कस्टमर केयर एजेन्टहरू र १००० नयाँ डेलिभरी एजेन्टहरू रहेका छन्। ११.११ भनेको वर्ष भरिको निरन्तर सुधार र सिकाइको परिणति हो, त्यसैले उच्च ग्राहक अनुभव प्रदान गर्न कुनै कसर बाँकी राखेका छैनौँ।”