arrow

उपाध्यक्ष केसीले एनआरएनएको एमआइएस प्रणाली दुरुपयोग गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
badri-kc-IMS.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद(एनआरएनए)का उपाध्यक्ष डा.बद्री केसीले संस्थाको सदस्यता सूचना प्रणाली ‘मेम्बरसिप इन्फर्मेशन सिस्टम’(एमआइएस) प्रणाली दुरुपयोग गरेको प्रमाण फेला परेको छ।

उनले एमआइएसमा दर्ता भएका डेलिगेट्सको व्यक्तिगत विवरण, ठेगाना संकलन गरी फोन गर्ने, इमेल गर्ने र आफु पक्षका अन्य उम्मेदवारहरुलाई पनि बिवरण दिएर दुरुपयोग गरेको कतिपय डेलिगेट्सले गुनासो गरेका छन्  ।

‘संस्था भित्र रहेपछि संस्था र सदस्यहरुका व्यक्तिगत विवरणको गोपनीयता कायम गर्नुपर्नेमा उल्टै पदाधिकारीहरुले नै त्यसको दुरुपयोग गर्नु निन्दनीय छ। निर्वाचन समितीले यसको छानबिन गर्नुपर्छ।  यो  घटना सामान्य होइन,’ एक आइसीसी सदस्यले भने।

यसअघि जापान, चिली, जर्मनी लगायतका देशमा भएको निर्वाचनमा संस्थाको एमआइएस सिस्टमको दुरुपयोग गरि निर्वाचनको नतिजा नै आफ्नो पक्षमा परेको आरोप लागेको थियो। जापानमा फेरि चुनाव गराउन गरिएको मागको केसीले विरोध गर्दै आएका छन्। केसी आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी पनि हुन् । 

एमआइएस सिस्टमको दुरुपयोग गरी जापानको चुनावमा धाधली गरिएको भनी नेपाल प्रहरीको साइबर क्राइम ब्युरोमा उजुरी परेको छ। तर केन्द्रीय कार्य समितिका केहि पदाधिकारीले नेपाल प्रहरीलाई पनि प्रभावित गर्न खोजेको आरोप लागेको छ ।

नयाँ कार्यसमिति चयनका क्रममा एनआरएनएका राष्ट्रिय समनवय परिषदहरुमा उक्त प्रणालीको योजनावद्ध रुपमा दुरुपयोग गरिएको आरोप यसअघि पनि लागेको थियो । उक्त प्रणाली दुरुपयोग गरी एनआरएनए जापानका १७ सय बढी पन्जिकृत सदस्यहरुको इमेल लगायतका व्यक्तिगत विवरण परिवर्तन गरिएको र उनीहरुलाई  मतदान प्रक्रियाबाट वन्चित गराउने प्रयास भएको भनी उजुरी परेको थियो ।

एनआरएन जापानका पूर्वसल्लाहकार तथा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डाक्टर बलराम श्रेष्ठले काठमाडौंस्थित केन्द्रीय सचिवालयको एमआइएस प्रणाली दुरूपयोग गरेर एनआरएन जापानको चुनावमा धाँधली गरेको आरोप लगाएका थिए । त्यस्तै एनआरएनए अन्तरर्राष्ट्रिय समन्वय परिषदका युरोप संयोजक नारायण आचार्यले पनि संघको एमआइएस प्रणालीको चरम दुरूपयोग गरिएको भन्दै अध्यक्ष कुमार पन्तलाई पत्र नै पठाएका थिए ।

तर अहिलेसम्म एनआरएनए केन्द्रले उजुरीप्रति चासो राख्ने र दोषीलाई कारबाही गर्ने वा नयाँ चुनाव गराउनेबारे मुख खोलेको छैन । त्यस्तै, चिली, बेल्जियमलगायतका मुलुकमा एमआइएस प्रणाली दुरूपयोग गरी मतदाताहरूको विवरण फेरबदल गरिएको भन्ने उजुरीबारे पनि केन्द्रले कुनै जबाफ दिएको छैन ।

यता आसन्न विश्व सम्मेलनमा हुने अनलाइन मतदानमा प्रयोग हुने प्रविधिमा फेस रिडिङ गर्ने सिस्टम ल्याउन दबाब बढेको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिस्टममार्फत एक व्यक्तिको मेल आइडी, फोन नम्बर अर्कोले प्रयोग गर्न नसक्नेगरी ‘फेस रिकोग्निसन’ प्रणालीको व्यवस्था गर्नुपर्ने आवाज उठेको छ । परराष्ट्र मन्त्रालयले पनि मतदान  र निर्वाचन प्रणाली पारदर्शि बनाउन एनआरएनएलाई निर्देशन दिंदै आएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ