arrow

हङकङबाट पठाइएको साढे दुई करोड बराबरको अक्सिजन कन्सनट्रेटर हस्तान्तरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
NRNA-HK.jpg

काठमाडौं । हङकङबाट पठाइएको साढे दुई करोड वरावरको २२४ थान अक्सिजन कन्सनट्रेटर  हस्तान्तरणा गरिएको छ ।

एनआरआएनए आइसिसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा द हङकङ एक्स सर्भीस मेन एसोसियसन (एचकेईएसए)अर्थात  हङकङ पूर्व सैनिक संघले कोभिड १९ सँग जुध्नका लागि पठाएको अक्सिजन कन्सनट्रेटर एनआरएनए आइसिसीमार्फत हस्तान्तरणा गरिएको हो । 

एनआरएनएको सचिवालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले, उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशक राजेश राणाले संयुक्त रुपमा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरे ।

सो अवसरमा प्रमुख संरक्षक घलेले अक्सिजन कन्सनट्रेटरको सही सदुप्रयोग गर्न आग्रह गरे । कन्सनट्रेटरले विकट क्षेत्रका सर्वसाधारणहरुको स्वास्थ्य सेवामा थप टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे ।

बुधबार कन्सनट्रेटर मुस्ताङ जिल्लाको ठिनी हेल्प पोष्ट जोमसोमका लागि ३ थान,  झारकोट हेल्प पोष्ट मुक्तीनाथका लागि ५ थान र दोलखाका ग्रामीण क्षेत्रका लागि २६ गरि ३१ थान हस्तान्तरण गरिएको हो । हालसम्म सल्यान, जुम्ला र हुम्लाका विकट क्षेत्रमा गरि ५० थान पठाइसकिएको जनाइएको छ । 
बाँकी अक्सिजन कन्सनट्रेटर नेपालका सबै प्रदेशका विकट क्षेत्रका हस्पिटल र स्वास्थ्य चौकीलाई वितरण गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ