- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका पार्टी कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् । मध्यपुर थिमिको एक कार्यक्रममा अध्यक्ष नेपालले एमालेका नेता तथा कार्यकर्ता जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुला रहेको बताएका हुन् ।
अध्यक्ष नेपालले भने, “एमालेमा बसेर पछुताइरहनुभएको, तपाईँहरूले त्यहाँ हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो, अब त फर्केर आए पनि हुन्छ, त्यहाँ अपमान, निन्दा, पीडा सहेर किन बसेको, एमालेमा पछुताउँदै बस्नु पर्दैन, अझै केही बिग्रिएको छैन, आउनोस् १० नेतालाई हाम्रो पार्टीमा ढोका खुला छ, स्वागत छ ।”
अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा-टुक्रा हुन्छ भन्दै अहङ्कार अब धेरै दिन टिक्दैन भने । उन भने “ देशरूव्यापीपमा आफ्नो पार्टीमा आउनेको लहर बढेको छ । निर्वाचनको मैदानमा हामी जित्नेछौँ, टक्कर लिनेहरूको हालत खत्तम बनाउने छौँ ।”
आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने उनले बताए। मिति अघि चुनाव नहुने भन्दै उनले भने, “कोही भ्रममा नपरे हुन्छ, अर्ली इलेक्शन हुँदैन, छिट्टै चुनाव हुनेवाला छैन, सङ्घीय संसद्को चुनाव आफ्नै समयमा हुनेछ, आगामी चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा सङ्घीय उपनिर्वाचन पनि अब हुन्छ ।”