arrow

इराकी प्रधानमन्त्री अलकादिमीको हत्या प्रयास, छ सुरक्षाकर्मी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
mustafa-al-kadhimi-iraq.jpg

काठमाडौं । इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीको हत्या प्रयास भएको छ । राजधानी बगदादस्थित उनको घरमा उनको हत्या प्रयास भएको हो । 

उनीमाथि विष्फोटक पदार्थ राखिएको ड्रोनले आक्रमण गरिएको बीबीसीले लेखेको छ । उनलाई अस्पताल लगिएको छ । 

उनले समाजिक संजाल ट्वीटरमार्फत इराकका लागि सबैलाई शान्त र संयम रहन अपील गरेका छन् । अधिकारीहरुका अनुसार प्रधानमन्त्री कादिमीको सुरक्षामा खटिएका ६ जना घाइते भएका छन् । 

उक्त आक्रमणको कसैले जिम्मा लिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ