arrow

केन्द्रीय महाधिवेशनको तयारीमा राप्रपा, ६५ जिल्लामा अधिवेशन सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
Raprapa-3leader.jpg

काठमाडौं । महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार कात्तिक २३ गतेभित्र जिल्ला अधिवेशन सक्नुपर्ने भएकाले धमाधम जिल्ला अधिवेशन भएको हो ।

आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनका लागि कार्तिक २३ भित्र जिल्ला अधिवेशन सक्नुपर्ने केन्द्रीय निर्वाचन समितिलाई बाध्यता रहेकाले अधिवेशन धमाधम भइरहेको उनले जानकारी दिए ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रूपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था छ ।

सोही अनुरुप अधिवेशनहरु भइरहेका हुन् ।  तेह्रथुम, संखुवासभा, पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा प्रतिनिधि छनोट र अधिवेशनमा विवाद भएपनि निर्वाचन समितिले समाधानको तयारी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ