arrow

दाइजो कुरिती मात्रै होइन, सामाजिक अपराध हो : मुख्यमन्त्री राउत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
lalbabu-raut-janakpur.jpg

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध समेत रहेको बताएका छन् ।

मुस्लिमहरुको संस्था जिलई जमईत अहलेहदिस प्रदेश न २ ले धनुषाको गणेशमाण चारनाथ नगरपालिका वडा नम्बर २ छघरीयास्थित मदरसाको प्राङ्गणमा आयोजना गरेको दहेज मुक्त अभियान कार्यक्रममा मुख्यमन्त्री राउतले दहेजरुपी सामाजिक अपराधलाई अन्त गर्नुको विकल्प नरहेको बताए ।

समाजको आधा हिस्सा ओगटेका महिलाहरुको शिक्षामा जोड दिनुपर्ने भन्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाजले बिकास गर्न नसक्ने बताए ।

मुख्यमन्त्री राउतले दहेजको नाममा सयौं अपराधीक घटनाहरु समाज भएको तथ्य उजागर गर्दै यस्ता अपराध अन्तको लागि सबैले आ–आफ्नो स्थानबाट प्रण गर्न आग्रह गरे। प्रदेश सरकारले महिलाहरुको लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउँदै उनले शिक्षा नलिएसम्म उच्च आरक्षणको समेत फाइदा लिन नसक्ने जिकिर गरे।

मतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पूर्वमन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम धर्मगुरुहरुले दहेज मुक्त समाज निर्माणका लागि आ-आफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ