arrow

प्रमुख प्रशासकीय नहुँदा गाउँपालिका प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
soru-gaupalika.PNG

मुगु । यहाँको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाबाट प्रदान हुने सेवा प्रभावित भएका छन् । मुगु स्थित सोरूँ गाउँपालिकामा मन्त्रालयले घरी घरी प्रमुख प्रशासकीय अधिकृत फेर बदल गरिरहँदा पालिकाबाट प्रदान हुने सेवा लिनबाट स्थानीयहरू वञ्चित भएका हुन ।

पहिलो चौमासिक सकिनै लाग्दा पनि यहाँका नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । यस्तै गाउँभेलाले पारित गरेका योजनाहरू सम्झौता, भुक्तानी तथा प्रशासकीय अन्य कार्य पनि प्रभावित भएको गाउँपालिका अध्यक्ष लोक बहादुर शाहिले भने,'हामीले नीतिगत निर्णय गरि दिने हो त्यो गरि दिएका छौ तर प्रमुख प्रशासकीय अधिकृतले काम नगर्दा गाउँपालिका ठप्प छ ।' 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले काममा बेवास्ता, आर्थिक अपारदर्शीता गरेपछि उनलाई प्रमुख प्रशासकीयको जिम्मेवारीबाट कार्यपालिकाले हटाएपछि मन्त्रालयले लाल बहादुर मल्ललाई पठाएको थियो । उनलाई पनि मन्त्रालयले आएको २ महिना नपुग्दै सरुवा गरेपछि गाउँपालिका झनै अस्तव्यस्त बनेको अध्यक्ष शाहिले बताए ।

तत्काल सामाजिक सुरक्षा भत्ता,कर्मचारी तलब र योजना सम्झौता,भुक्तानी गर्न सहज होस भनी गाउँ कार्यपालिकाले कार्यरत कर्मचारीहरू मध्य ज्येष्ठ कर्मचारी नायव सुब्बा तीर्थराज शाहिलाइ प्रमुख प्रशासकीय अधिकृत तोक्न मन्त्रालयलाई निर्णय सहित पठाए पनि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ढिलो गर्दा गाउँपालिकामा झनै अन्योल बढेको छ ।

स्थानीयहरूको आम्दानीको प्रमुख स्रोत गाउँ घरमा हुने विकास निर्माण भए पनि त्यो नहुँदा गाउँपालिका प्रति जनविश्वास गुम्दै गएको छ । अर्को तर्फ कर्मचारीहरूले तलब भत्ता नपाएकोले कार्यालयको काममा ध्यान दिन छोडेका छन् नायव सुब्बा शाहिले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ