arrow

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै शान्ति समाजको प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
santisamaj.jpg

चितवन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा वा बर्हिगमनको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले चितवनमा प्रदर्शन गरेको छ । शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टासम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा ‘न्यायालयलाई प्रदुषित बनाउन पाइदैंन’,‘सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैंन’, ‘न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर’, ‘न्यायालयमा भागबण्डा बन्द गर’, ‘प्रधानन्यायाधीशः शिघ्र राजीनामा देउ’, ‘प्रधानन्यायाधीशले राजिनामा नदिए महाअभियोग लगाउ’, ‘वर्तमानको आवश्यकताः न्यायालयको शुद्धिकरण’, ‘न्यायालय दुषित भोः शुद्धिकरण आवश्यक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोविन्द खनाल, संस्थापक सदस्यहरु कृष्ण कँडेल र लिला खनाल, वरिष्ठ उपसभापति सुशिल बस्नेत, उपसभापतिहरु कृष्णबहादुर रावल र रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल र चितवन शाखा सभापति शम्भु राउत लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र ३२ जिल्ला शाखाबाट प्रतिनिधिहरु सम्मिलित दुई दिवसीय अभिमुखिकरण कार्यक्रम कार्तिक २६ गते समाजको चितवन शाखाको आतिथेयमा गैडाकोटमा प्रारम्भ भएको छ भने २६ गते राति शान्ति काव्य प्रवाह सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ