arrow

प्रहरीको सुरक्षा घेराबाटै सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा, तोके १० वटा इजलास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
cholendra-rana-chief-justice.jpg
तस्वीर–फाइल ।

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल प्रहरीको उच्च सुरक्षा घेराबाट सर्वोच्च अदालत छिरेका छन्। उनको राजीनामा माग गर्दै सर्वोच्चमा आन्दोलनरत नेपाल बार र सर्वोच्च बारका वकिलहरु गेटमा धर्ना दिंदै गर्दा प्रधानन्यायाधीश जबरालाई प्रहरी वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गराएको हो । 

सर्वोच्च अदालतमा अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने बेलाबेला प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल पनि भइरहेको छ। 

नेपाल बार र सर्वोच्च बारका वकिलहरुले गत शुक्रबारबाट प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेशमा रोक लगाउने भन्दै धर्ना दिंदै आइरहेका छन्।

उनीहरुले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म विरोधका कार्यक्रमहरु जारी रहने पनि बताएका छन् ।

यसैबीच प्रधानन्यायाधीश जबराले आइतबारका लागि आफू बाहेकका न्यायाधीशहरुको १० वटा इजलास तोकेका छन् ।

ती १० इजलाशमा २ सय ७२ मुद्दाको पेसी तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ