arrow

सर्वोच्चमा भइरहेको आन्दोलनबारे प्रधानन्यायधीशको पहिलो सम्बोधनः ‘संवादबाटै समाधान खोजौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत पक्षलाई संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै जबराले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा  पहिलोपटक औपचारिक अभिव्यक्ति सार्वजनिक गर्दै संवादको आब्हान गरेका हुन् ।

जबराले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिंडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न समेत आग्रह गरेका छन् । तर बारले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताउँदै आन्दोन जारी राखेको छ । 

‘पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधान खोज्न सकिन्छ,’ विज्ञप्तिमा अघि भनिएको छ,‘ ‘नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायतका बार इकाइ न्यायपालिकाको अभिन्न अंग हुन्। वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई संवादका लागि आह्वान समेत गर्दछु ।’

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको पनि जबराले उल्लेख गरेका छन् । जबराले न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार र यसका इकाइको पनि रहने भन्दै बार र बेन्चले आफ्नो दायित्व बिर्सनु नहुने पनि बताएका छन् ।

प्रधानन्यायधीश जबराले झण्डै तीन सातादेखि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ नगरेको र दुई साताभन्दा बढी समयदेखि बारले आन्दोलन गरिरहेकाले संवाद नै अन्तिम विकल्प भएको औंल्याएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ