arrow

नवलपुरमा कोरोनाले रोकिएको एकादशी मेला यस वर्ष लाग्यो 

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
nawalpur-ekadasi.jpg

नवलपुर । नवलपुरमा कोरोना महामारीको कारण रोकिएका एकादशी मेला भने यस वर्ष निर्बाध रूपमा लागेको छ । जिल्लाको पिठौली, केउरानी, सिख्रौली घाट, गुन्द्रही, गैँडाकोट र त्रिवेणी धाममा मेला भर्ने र नारायणी स्नान गर्नको दिनै भर भिड लागेको छ ।

धार्मिक मान्यता अनुसार एकादशीका दिन नारायणी स्नान गर्नाले पुण्य मिल्ने जन विश्वास रहेको छ । जिल्लाको विभिन्न स्थानमा  नारायणी नदी किनारमा लागेका मेलामा तुलसी विवाह, तोरण तार्ने जस्ता धार्मिक अनुष्ठानहरू प्नि आयोजना भएका छन् । हरिबोधिनी एकादशीको दिन नारायणी स्नान, तुलसी विवाह र तोरण तार्ने गर्नाले पुण्य प्राप्त हुने पण्डित रिमप्रसाद आचार्य बताउँछन् । 

गत वर्ष कोरोनाका कारणले मेला रोकिए पनि यस वर्ष भने ३ दिन अगाडी बाटै नारायणी नदी किनारमा मेला लागेका हुन । स्थानीय मेला व्यवस्थापन समिति, युवा क्लब, टोल सुधार संस्थाहरूले व्यवस्थापन गरेको मेला राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिई रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा लागेका मेलाहरूमा स्थानीय रूपमा उत्पादन भएका तरुल, सखरखण्ड, सुन्तला लगायतका कृषिजन्य उत्पादनको खरिद बिक्री गर्नेहरूको भिड पनि देख्न सकिन्छ । 

जिल्लामा विनयी त्रिवेणी गाउँपालिका र देवचुली नगरपालिकाले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ