arrow
ADVERTISEMENT

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा हेटौँडाका विद्यार्थीहरूको प्रदर्शन

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
birodha.jpg

हेटौँडा । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध हेटौँडामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले कृषि तथा वन विज्ञान विश्वविद्यालय र वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) अगाडी आज साँझ खाना पकाउने ग्यासको सिलिन्डरसहित साङ्केतिक प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियुले शनिवार हेटौँडामा मसाल जुलुस र आइतबार मकवानपुर बहुमुखी क्याम्पस अगाडी प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।

सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै साङ्केतिक प्रदर्शन गरेका हुन् ।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

प्रदर्शनमा अनेरास्ववियु जिन्दाबाद, प्रधानमन्त्री राजीनामा दे, सडक हामी तताउँछौ मूल्यवृद्धि घटाउँछौ, परमादेश सरकार मुर्दावाद, नाफा घाटा जान्दैनौ मूल्य वृद्धि मान्दैनौ लगायतको नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ