arrow

चिरिबाबुको पहलमा फ्रान्समा शताब्दी पुरुष सत्यमोहनको प्रतिमा राखिदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
satyamohan-Joshi.jpg

ललितपुर। शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा बन्ने भएको छ। मेयरहरुको अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन फ्रान्स पुगेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा बनाउने समझदारी पत्रमा हस्ताक्षर गरेपछि प्रतिमा बन्ने कार्यको शुरुवात हुनेछ।

ललितपुर महानगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘फ्रान्सका प्रख्यात कविको शालिक ललितपुर महानगरपालिकाभित्रको कुनै स्थानमा र एक सय दुई वर्षका वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको प्रतिमा फ्रान्सको एक शहरमा राख्ने सन्दर्भ लगायतका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।’

साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको शालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पुर्‍याउने ललितपुर महानगरले जनाएको छ ।

फ्रान्सका विभिन्न शहरका मेयरहरुको सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मेयर महर्जन फ्रान्स गएका हुन् । मेयर महर्जनले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापनाका लागि समन्वय गर्ने समेत महानगरले जनाएको छ। महर्जन निर्वाचित भए यता ललितपुर महानगरको अन्तराष्ट्रिय उपस्थिति बलियो देखिदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ