- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सरकार साझेदार दलहरुबीच भागबण्डाको सहमति अनुसार पदबाट राजीनामा दिन गरिएको आग्रह नमानेपछि प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरिएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रायलाई केहीबेरअघि बर्खास्त गरेर रायलाई दिएको मन्त्रालयको जिम्मेवारी आफैंले लिएका हुन्।
सो प्रदेशमा उद्योग, पर्यटन तथा वन मन्त्रालय माधव नेपाल नेतृत्वको दल नेकपा एकिकृत समाजवादीलाई दिने सहमति छ। सोही सहमति अनुसार रायलाई राजीनामा दिन आग्रह गरिएको थियो। तर सो आग्रहलाई नमानेपछि रायलाई बर्खास्त गरिएको बताइन्छ।