arrow

प्रधानन्यायधीश जबराले तोके ९ इजलास, आन्दोलनरत कानून व्यवसायीको धर्ना जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
supreme-court-long.jpg

काठमाडौं । राजीनामा नदिने अडानमा रहेका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि ९ वटा इजलास तोकेका छन्।

उनले बुधबारका लागि दुई एकल र सात संयुक्त इजलास तोकेका छन् भने आफ्नो लागि कुनै इजलास तोकेका छैनन्। त्यस्तै बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी पनि तोकिएको छ।

यता, प्रधानन्यायधीश जबराको राजीनामा माग राख्दै कानून व्यवसायीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् । नेपाल बार एसोसियसनले मंगलबार नै आन्दोलनको कार्यक्रम थप गर्दै बुधबार पनि धर्ना दिएका हुन् ।

मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरुमा विरोध प्रदर्शन गर्ने बारले निर्णय गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ