arrow

प्रधानन्यायधीश जबराको सम्पत्ति र विवादित फैसलाको छानबिन गर्ने नेपाल बारको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
nepal-bar-final.jpg
फाइल तस्वीर

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले गरेका विवादित फैसला संकलन गरेर त्यसको छानबिन गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै जबराले राजीनामा नदिएसम्म आन्दोलन थप कडा पार्दै देशभर प्रदर्शन गर्ने बताए । बुधबार धर्ना कार्यक्रममा बोल्दै उनले जबराको विवादित फैसला र सम्पत्ति समेत छानविन गर्ने बताएका हुन् ।

राजीनामाका लागि आफूहरुले शुक्रवारसम्मको समयसीमा दिएको जनाउँदै अध्यक्ष श्रेष्ठले वार्ताका नाममा आँखामा छारो हाल्ने प्रयास भएको बताए ।

नेपाल बारले मंगलबार थप आन्दोलनका कार्यक्रमहरु जारी राख्ने निर्णय गरेको थियो । मंगलबार साँझ बारको कार्य समितिको बैठकले प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

बारले प्रधानन्यायाधीश बाहेकको संवैधानिक परिषदको बैठक बोलाएर न्यायपालिकामा देखिएको गतिरोध हटाउन माग गर्दै परिषदको बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

उनीहरुले बुधबार पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा धर्नासहितका कार्यक्रम गरेका छन् । साढे ९ देखि साढे ११ बजेसम्म सर्वोच्चको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ