arrow

आन्दोलनकै बीच केही न्यायाधीशहरु मुद्दा सुनुवाइमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
supreme-court-long.jpg

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चलिरहेका बेला केही न्यायाधीशहरुले मुद्दा सुनुवाइ गर्न थालेका छन् ।

बुधबार सर्वोच्च अदालतका दुई न्यायाधीशले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ गरेका छन्। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि ९ वटा इजलास तोकेका थिए ।

संयुक्त इजलास तोकिएका न्यायाधीशहरु कुमार चुडाल र तेज बहादुर केसीले बुधबारको मुद्दामा सुनुवाइ गरेका छन् । मंगलबार चार न्यायाधीशले नियमित इजलासमा सुनुवाइ गरेका थिए।

बुधबारका लागि दुई एकल र सात संयुक्त इजलास तोकिएको थियो । सर्वोच्चका १९ जना न्यायाधीशहरु जबराविरुद्ध उभिदै इजलासमा नफर्किने चेतावनी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ