arrow

ओली समूह मधेश र राष्ट्रविरोधी रहेको प्रचण्डको आरोप 

ओलीले चुरेको दोहन गरी मरुभूमि बनाउन खोजे

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ मंसिर १ बुधबार
prachandas.JPG

जनकपुरधाम। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली समूह मधेश र राष्ट्र विरोधी रहेको आरोप लगाएका छन् ।

बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकाको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट ठुलो सेटिङ भएको बताउँदै सडक आन्दोलनबाट बादशाह ठानेको ओलीलाई आफूहरूले तह लगाएको बताए।

पूर्व प्रधानमन्त्री समेत रहेको प्रचण्डले मधेशी जनताको पहिचान तथा सबै जाती र वर्गको अधिकारका लागि लडिरहेकोले मधेशमा मा‌‌ओवादी एक नम्बर पार्टी बन्ने ठोकुवा गरे।

 मधेश केन्द्रित पार्टी भनेर राजेन्द्र महतो र महन्थ ठाकुरहरूलाई रंगपोत गरी माओ‌वादीलाई विरोधी बनाउने प्रयास गर्दै मधेशी जनताको पहिचान र अधिकारमाथि आत्मघाती भएको अध्यक्ष प्रचण्ड आरोप लगाए।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा दुई पटक संविधान संशोधनका लागि प्रस्ताव लिएको बताउँदै उनले संविधान संशोधन नभएसम्म लडिरहने जानकारी गराए।

ओलीले चुरेको दोहन गरी बालुवा निकाल्ने नाममा मधेशलाई मरुभूमि बनाउन खोजेकोमा आफूहरूले चुरे दोहन रोकेको अध्यक्ष प्रचण्ड को तर्क थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा ७ वटा आधारभूत स्वास्थ्य केन्द्र र कोभिड अस्पतालको समेत उद्घाटन गरेका छन् ।७ वटै आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर २,३,४,६,७,८ र ९ मा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ