arrow

नियमावली र कार्यविधि स्वीकृत गर्न फुलकोर्ट बस्न न्यायाधीशहरु सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच भएको छलफलले नियमावली र कार्यविधि स्वीकृत गर्न फुलकोर्ट बैठक बस्ने सहमति भएको छ ।

सर्वोच्चका १४ न्यायाधीशहरुबीच बुधबारको बैठकले सर्वोच्च अदालत नियमावलीको नियम संशोधनका लागि सहमति भएको हो । नियमावलीमा राखिने विषयहरु इजलास तोक्न गोलाप्रथा लागु गर्नेलगायतका विषयमा उनीहरुबीच सहमति जुटेको बैठकमा सहभागि एक न्यायधीशले जानकारी दिए ।

न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको कार्यदलको सिफारिसअनुसार तयार पारिएको कार्यविधिलाई ‘गोलाप्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौद–२०७८ नाम दिइएको छ ।

उक्त कार्यविधि अनुमोदनका लागि फुटकोर्ट बोलाउनका लागि न्यायधीशहरु सहमत बनेका छन् ।  इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने संकेत गरेका छन् । तर उनीहरु प्रधानन्यायधीशको राजीनामा दिनुपर्ने मागमा भने अडिक रहने बताएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ