arrow

अदालतको गरिमा र मर्यादा ख्याल राख्न पत्रकार महासंघको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
FNJ-Building.jpg

काठमाडौं । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिब रोशन पुरीले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालतको गरिमाको रक्षा गर्न न्यायालयलाई सुझाव समेत दिएका छन् । 
सर्वोच्च अदालतमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने आफ्नो हकबाट वञ्चित हुनु परेको महासंघले जनाएको छ । साथै त्यसतर्फ जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चर्यजनक मौनताप्रति दुःख व्यक्त गरेको छ ।

महासंघले संसद्, सरकार र राजनीतिक दललाई समस्या समाधानका लागि आवश्यक पहल र अग्रसरताको लागि अपिल समेत गरेको छ । आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल राख्न आग्रह गरेको छ ।

नेपाली जनताको न्याय निरुपण गर्ने अन्तिम निकाय सर्वोच्च अदालतमा देखिएको घटनाप्रति गम्भीर चिन्ता र चासो प्रकट गर्दै महासंघले नेपाल बार एसोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नहरुलाई गम्भीर रुपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न सुझाव समेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ