arrow

हेलिकप्टरमा राहत लिएर पुगेका मुख्यमन्त्रीलाई अग्नि पीडितले रुँदै सोधे - सरकार दिएको राहत कता राखौँ ?

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
mugu-rahan-mantri.jpg

मुगु । सदरमुकाम गमगढी स्थित तल्लो बजारमा सोमबार राति १२ बजे आगलागी हुँदा २१ घर सहित बहालमा बसेको ५५ गरी ७६ घर परिवारका अग्नि पीडितहरूले कसैले दिएको राहत राख्ने ठाउँ समेत नभएको भन्दै रुँदै गुनासा पोखेका छन् ।

बुधबार गैर खाद्य सामग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम गमगढी पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्र बहादुर शाहीलाई आगलागी पीडितहरूको दिएको राहत कता राखौँ सरकार भनेर रुँदै जवाफ मागेका हुन ।

आगलागी भएको स्थान निरीक्षणमा पुगेका मुख्यमन्त्री शाही सहितको टोलीलाई अग्नि पीडितहरू आगो निभाउने पानी समेत व्यवस्था नभएको बिजुली र सञ्चार सेवा समेत अवरुद्ध भएको भन्दै आक्रोश पोखेका थिए ।

आगलागी भएको स्थान निरीक्षण पश्चात् पीडितहरूसँग गरिएको छलफल कार्यक्रममा प्राय सबै पीडितले ऋण सापटी गरेर बनाएको घर तथा अन्य व्यवसायका पसल एक छिनमै खरानी भई घरबार विहीन भएपछि तत्काल कसैले राहत उपलब्ध गराएको भएपनी राख्ने ठाउँ छैन पकाउने भाडा छैन । ढुङ्गा माटो पन्छाउँदा लगाउने मास्क समेत उदारो मागेर लगाउने परेको शरीरमा लगाउने लुगाफाटो समेत साथी भाइले दिएर लगाउनु परेको तत्काल प्रदेश सरकारले घर निर्माण गर्न सहयोग गरिदिन अग्नि पीडित छिरिङ लामाले रुँदै गुनासो पोखे ।

मुख्यमन्त्री शाही समक्ष सबै अग्नि पीडितहरूले चाँडो भन्दा चाँडो बासका लागी व्यवस्था गरिदिन भन्दै रुँदै आग्रह गरी अभिभावकको भूमिका निर्वाह गर्न पीडितहरूले आग्रह गर्दा कार्यक्रममा सहभागिता आँखाबाट आँसु झारेका थिए ।

राहत ल्याएर आएका मुख्यमन्त्री शाहीले अग्नि पीडितहरूका लागी प्रदेश सरकारले गैर खाद्य सामग्री ल्याई पुराएको छ । यी सामानको वितरण प्रक्रिया प्रशासनले गर्ने बताए । प्रदेश सरकारले तत्काल आगलागी भएको स्थानमा खानेपानी बिद्युत्, सञ्चार सेवा उपलब्ध गर्नका लगी प्रदेश मातहतका कार्यालयलाई निर्देशन गरी सकेको साथै आगलागीबाट क्षति भएका घर निर्माणका लागी प्रदेश सरकारले प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता समेत गरेका थिए । 

आगलागीले घरबार विहीन भएका परिवारलाई तत्काल राहतका लागी जिल्ला विपद् व्यवस्थापन समिति मार्फत गैर खाद्य सामग्री उपलब्ध गराउन थालेका भएपनी उनीहरूको चिन्ता ती सामग्री कहाँ राख्ने भन्ने देखिएको छ । टेण्ट हालेर बस्ने ठाउँ समेत नभएपछि सबै प्रदेश तथा स्थानीय सरकारलाई घर निर्माणको पहल गर्न पीडित पीडित ठिल्ले लामाले आग्रह गरेका छन् ।

कति दुख् गरी बनाएको घर एक छिनमै खरानी भयो पतिको मृत्यु पछि जसो त्यसो गरी टुहुरा बाल बच्चा यही घरमा पालेको थिए । अहिले आगोले घर पूर्ण रूपले क्षति बनाएपछि म टुहुरा बच्चा लगेर कहाँ जाने सरकारले घर निर्माण गरे बच्चाको पालन पोषण हुने अग्नि पीडित एकल महिला झोवा लामाले भनिन् ।

सोमबार राति भएको आगलागीले ७६ घर परिवार घर विहीन भएपछि ती घर परिवारले बजारमा तत्कालै कोठा भाडा समेत पाउन मुस्किल भएको छ । उनीहरूलाई प्रदेश सरकाले आधुनिक खालका टेन्ट सहित अन्य न्यानो कपडा ल्याएको भएपनी टेण्ट कहाँ बनाउने र ती सामग्री कहाँ राख्ने चिन्ता रहेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले अग्नि पीडित परिवारका लागी स्थानीय सरकारलाई खाना,बस्न प्रदेश र सङ्घीय सरकारलाई घर पुनर्निर्माण र व्यवसायीलाई उचित राहत उपलब्ध गराई दिन दिन गदै अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

आगलागीबाट पृथ्वी जङ्ग शाह,छत्त बहादुर मल्ल,गुरु तामाङ (तोर्चे तामाङ,डुवा साङ्गमु तामाङ),ठिल्ले लामा(छिरिङ लामा,सोनाम नुर्वु लामा),मिन्डिक लामा,तोर्चे तामाङ(तेन्जिन सेराप लामा ) टासी तामाङ,गोमा मल्ल,ईन्द्रा मल्ल,दिप बहादुर मल्ल(तिन टहरा),याङ्गग्याल लामा,झोम्वा लामा,जनक बहादुर मल्ल,दान बहादुर हितान,जान बहादुर हितान,रतन बहादुर शाही,सुवास मल्ल( आम्सिक),राज बहादुर शाही(आम्सिक)कुशलाल सावतका घरहरू र ती घरहरूमा व्यवसाय गरेर,बहालमा बसेका ५५ जनाको व्यापारिक लगायत अन्य सामानहरू खरानी भएका थिए । 

प्रहरी रिपोट अनुसार आगलागीबाट घरहरूको २१ करोड र बहालवालहरूको १३ करोड बराबरको भौतिक सम्पत्ति खरानी भएको प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ