arrow

सर्वोच्च अदालतमा फुलकोर्ट शुरु, प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको फुलकोर्ट(पूर्ण बैठक) शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विहीबार दिउँसोका लागि फुलकोर्ट बोलाएका थिए ।

बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गर्ने तयारी गरेको छ । सकेसम्म सर्वसम्मति र त्यसो हुन नसके बहुमतका आधारमा नियमावली संशोधन गर्ने प्रयास भइरहेको छ । उक्त नियमावली संशोधन भएपछि पेशी तोक्ने प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य हुनेछ ।

फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश सहभागी छन् । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित पनि गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ