arrow

सर्वोच्चमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : अध्यक्ष नेपाल

logo
रासस,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताएका छन्  ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको बिहिवार शुभारम्भ गर्दै उनले सर्वोच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।”

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ