arrow

राप्रपाको एकता महाधिवेशन फेरि पछाडि धकेलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
Raprapa-3leader.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन फेरि पछाडि धकेलिएको छ । आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म हुने पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

विहीबार साँझ राप्रपा केन्द्रीय सचिवालयका प्रमुखद्वय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशन पछि सरेको जनाएका हुन् ।

यही मंसिर ५ गतेभित्रै सबै ठाउँबाट महाधिवेशन प्रतिनिधि छानिने भनिए पनि प्रतिनिधि छनोट मिति पनि परिवर्तन गरिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक हरि बहादुर बस्नेतले विज्ञप्ति जारी गर्दै सक्रिय सदस्यहरुबाट छनौट हुने महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर ६,७ र ८गते हुने जनाएका छन् ।

भृकुटीमण्डपमा हुने महाधिवेशनको तयारी तीव्र भइरहेको सचिवालयले जनाएको छ । राप्रपाका ४ हजार ७०० महाधिवेशन प्रतिनिधि छनोट हुँदैछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ