arrow

नवलपुर कांग्रेस: चार वटा प्रदेश सभा क्षेत्रका ९६ पदमा १९२ जनाको उम्मेदवारी

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
congress-14th-general-convention111.jpg

कावासोती । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरमा ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका ९६ वटा पदमा १९२ जनाको उम्मेदवारी परेको छ । शुक्रबार जिल्लाका ४ वटै प्रदेश सभा निर्वाचनमा दुई वटा समूहबाट १९२ जनाको उम्मेदवारी परेको कांग्रेस नवलपुरको निर्वाचन समितिले जनाएको छ ।

संघीय क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” मा महामन्त्री शशांक कोइराला निकट समूहबाट तारापती खरेल र महेन्द्रध्वज जीसी निकट समूहबाट गोपालप्रसाद सापकोटाको नेतृत्वमा प्यानल गत उम्मेदवारी दर्ता भएको छ । संघीय क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा महामन्त्री कोइराला निकट समूहबाट हेमप्रसाद पाण्डे र महेन्द्रध्वज जीसी निकट समुहबाट प्रदिपराज घिमिरेको नेतृत्वमा प्यानल गत उम्मेदवारी दर्ता भएको छ।

संघीय निर्वाचन १ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” को २४ वटा पदका लागि ४८ जनाको उम्मेदवारी परेको छ । संघीय निर्वाचन १ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा २४ वटा पदका लागि ४८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

संघीय निर्वाचन क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र “क” जिल्लाका अर्का नेता विष्णुकुमार कार्की निकट समूहबाट ऋषिराम कंडेल र महेन्द्रध्वज जीसी निकट समुहबाट रामचन्द्र भण्डारीको नेतृत्वमा प्यानल गत उम्मेदवारी दर्ता भएको छ भने संघीय क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा विष्णुकुमार कार्की समूहबाट कृष्ण तिवारी र महेन्द्रध्वज जीसी निकट समुहबाट कृष्णबहादुर चौधरीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको हो ।

संघीय निर्वाचन २ को प्रदेश सभा निर्वाचन क्षेत्र “क” को २४ वटा पदका लागि ४८ जनाको उम्मेदवारी परेको छ । संघीय निर्वाचन २ को प्रदेश सभा निर्वाचन क्षेत्र “ख” मा २४ वटा पदका लागि ४८ जनाकै उम्मेदवारी परेको छ निर्वाचन समितिले जनाएको छ ।

जिल्लामा संघीय निर्वाचन क्षेत्र नं १ मा बलियो मानिएको महामन्त्री कोईराला समूहलाई देउवा समुहको साथ देखिएको छ भने क्षेत्र नं २ मा देउवा निकट नेता विष्णुकुमार कार्की समुहलाई कोइराला समूहले सहयोग गर्ने गरि उम्मेदवारी दर्ता भएको हो भने दुवै संघिय निर्वाचन क्षेत्रको ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल निकट नेता महेन्द्रध्वज जीसी समूह एक्लैले उम्मेदवारी दिएको छ । चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबार बिहान ९ बजे देखि निर्वाचन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ