arrow

सर्वोच्चमा अधिकांश इजलासमा सुनुवाइ

logo
रासस,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
supreme-court-long.jpg

काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार अधिकांश न्यायाधीशले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए ।

 तीमध्ये १०  संयुक्त र  एकल इजलासमा  पेसी तोकिएको थियो । तीमध्ये नौ वटा संयुक्त इजलास र एकल इजलासमा सुनुवाइ भएको छ । न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा बेच्न नबसेको देखिएको छ ।
 
प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्याय सम्पादन कार्यमा लागेका छन्।
 
गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए। 

सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किएका छन् । 

अदालतमा मुद्दाको चापअनुसार नियमित रूपमा बेन्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ