arrow

पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि छान्न एमाले स्थायी कमिटी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
UML-10th-general-convention-logo.jpg

काठमाडौं । नेकपा एमालेको चितवनमा हुँदै गरेको दशौं महाधिवेशनको पूर्वसन्ध्यामा आज स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्न लागेको हो । यो बैठक महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि निकै नै महत्वपूर्ण रहेको छ । 

बैठकमा विधानअनुसार पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार उक्त बैठकमा महाधिवेशन तयारी बारेमासमेत समीक्षा हुनेछ । 

महाधिवेशनमा १ हजार ९९९ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । यसको ५ प्रतिशत अर्थात् झण्डै एक सय जना प्रतिनिधि स्थायी कमिटीले मनोनयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ