arrow

सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना, धर्नास्थलबाट दंगा प्रहरी हटाइयो

संसदमा रहेका दलहरुलाई ज्ञापन पत्र बुझाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
suprime-dharna-Bar.jpg
फाइल तस्वीर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सोमबार(आज)पनि सर्बोच्च अदालत परिसरमा धर्ना दिएका छन् । उनीहरुले बिहान १० बजे सर्वोच्च परिसरमा भेला भएका कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् ।

नेपाल बार एसोसिएसनले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते आइतबारदेखि १० गते शुक्रबारसम्मका लागि नयाँ चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही अनुसार आज देशभरका अदालतहरुमा बिहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना र जुलुसलाई निरन्तरता दिएको हो ।

त्यस्तै आज नै संसदमा रहेका दलहरुलाई संसदीय दलमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

त्यस्तै हिजो (आइतबार) आन्दोलनकारीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा समेत माग गरेका छन् । सर्वोच्च परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

गृहमन्त्रीको राजीनामा माग उठेपछि न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च परिसरबाट हटाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ