arrow

बस्दै एमाले स्थायी कमिटी बैठक, पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । यसअघि सोमबार दिउँसो ३ बजे बैठक बस्ने तय भएको भए पनि नेताहरुको कार्यव्यस्तताका कारण बैठक बस्न नसकेको बताइएको छ ।  

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटका लागि बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उक्त बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ ।  

एमालेको यही १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि पाँच प्रतिशत मनोनीत प्रतिनिधि छनोटको टुङ्गो स्थायी कमिटी बैठकले गर्ने बताइएको छ ।  

यसअघि महाधिवेशनका लागि गत कात्तिक २७ गते एक हजार नौ सय ९९ प्रतिनिधि चयन भइसकेका छन् ।  

अध्यक्षमा केपी शर्मा ओली पुनः दोहोरिने पक्का छ । उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्षमा लड्ने घोषणा गरेको भए पनि महाधिवेशन प्रतिनिधि छनोट भएर आएकाहरुको स्थिति हेर्दा उनी निकै कमजोर देखिने छन् । 

अन्य पदाधिकारीहरुमा भने आपसमा रोचक भिडन्त हुने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ