arrow

सभापति देउवाको गृह जिल्ला : उत्सव मनाउने बेलामा विरोध

अधिवेशनको विरोधमा मोटरसाइकल र्‍याली

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
ddl-birodh.jpg

डडेलधुरा । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा विरोध प्रदर्शन भएको छ । क्रियाशील सदस्यता विवादकै बिच जिल्ला अधिवेशन गरिएपछि डडेलधुरामा विरोध प्रदर्शन भएको हो । 

अवैधानिक अधिवेशन खारेज गर, शेर बहादुर देउवा मुर्दावाद, नेपाली काँग्रेस जिन्दाबाद भन्दै पार्टी कार्यालय बाट निकालिएको र्‍याली सदरमुकामको बसपार्क देखि कीर्तिपुर बजार सम्म पुगेर बसपार्कसम्म नाराबाजी गरि विरोध गरिएको हो ।

 क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने  र अवैधानिक अधिवेशनको खारेजीका लागि जिल्ला संस्थापन पक्ष केन्द्रीय कार्यालयमा रिले अनसन बसिरहेका बेला भएको जिल्ला अधिवेशनहरू एकलौटी र एक पक्षीय रूपमा गरिएको विरोधमा सभापति कर्ण बहाख दुर मल्ल पक्षका करिब पाँच दर्जन युवाहरूले मोटरसाइकल र्‍याली निकालिएको जिल्ला कार्य समिति सन्तोष देउवाले जनाएका छन् ।

केन्द्रीय सभापति शेर बहादुर देउवाले क्रियाशील सदस्यतामा हस्तक्षेप गर्दै वडा देखि सिफारिस गरि पठाएका जिल्लाका ५८०४ मध्ये भन्दै नवीकरण र नयाँ गरि ४६० जनाको नाम हटाएका थिए भने आफैले सभापति उम्मेदवार बनाएका भीम बहादुर साउदलाई जिताउन ३१२ जनाको नाम कुनै प्रक्रिया नअपनाई थपेको बिरोमा जिल्लाको बहुमत काँग्रेस नेता कार्यकर्ता पङ्क्तिले विरोध गर्दै आएका छन् । 

१४ महाधिवेशनका लागि डडेलधुरामा गरिएको सातौँ जिल्ला अधिवेशन हिजो सम्पन्न भए पनि पार्टी कार्यालय जाने नैतिकता नभएको भन्दै विजयी जुलुस भने निकालिएन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ