काठमाडौं ४ बाट को को छानिए कांग्रेस महाधिवेशन प्रतिनिधि ?
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
612
Shares
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिहरु छानिएका छन् । निर्वाचनबाट २५ जना प्रतिनिधिहरु छानिएका हुन् ।
जसमा सांसद दिव्यमणी राजभण्डारी, राजु थापा, न्हुच्छेनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, विनोद चालिसे, भोलानाथ लामिछाने, अच्चुत पौडेल र श्रीराम लामिछाने रहेका छन् ।
त्यस्तै मनोज वैद्य, अरुण सिंह बस्नेत, सत्यमान लामा, विनोदबाबु प्रधान, रामकृष्ण केसी, रिता बुढाथोकी, कल्पना मल्ल ठकुरी, मिना पराजुली, नर्भदा पोखरेल, ईन्दिरा सिंह श्रेष्ठ, राजु परियार र गणेशकुमार कोइराला रहेका छन् ।
त्यस्तै ध्रुबप्रसाद पौडेल, शशी रिमाल, राधा घले र सुशील नाहाता रहेका छन् ।
यो क्षेत्र कांग्रेसका प्रभावशाली युवा नेता, सांसद एवं १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगनकुमार थापाको निर्वाचन क्षेत्र हो ।