arrow

स्व.राम प्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
purasker-ILamm.jpg

काठमाडौं । प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व.राम प्रसाद दुलालको स्मृतिमा स्थापित राम प्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस युनियन इलामले आयोजना गरेको एक कार्यक्रममा युनियनका महासविच अजयबाबु शिवाकोटीले पुरस्कार प्रदान गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट जिल्लाको कृषि, पर्यटन र शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएकोमा पुरस्कार प्रदान गरिएको कार्यक्रममा जानकारी दिइएको छ । प्रत्येक वर्ष जिल्ला र जिल्ला बाहिरका पत्रकारलाई प्रदान गरिने पुरस्कारको रासी २० हजार रहेको छ ।

विगत २८ वर्षदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भट्टराई हाल नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता हुन। पुरस्कार वितरण कायक्रममा महासविच शिबाकोटी, युनियनका केन्द्रिय सदस्य माधव चौलागाई, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराई पत्रकार सोमनाथ सुसेली, नेपाल शिक्षक युनियनका प्रदेश अध्यक्ष पुर्ण प्रसाद गौतम समाजसेवी, हरि प्रसाद खनाल, स्वर्गीय दुलालका परिवारका सदस्य जीवन दुलाल, प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का समेतले जिल्लाको राजनीतिक र साँस्कृतिक क्षेत्रमा स्वर्गीय राम प्रसाद दुलालको योगदानको चर्चा गरेका थिए ।

२०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली कांग्रेसको इलाम जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेको इतिहास छ । उनकै स्मृतिमा उनका छोराछोरी र नातानातिनाहरुले पुरस्कारका लागि अक्षयकोष खडा गरेर बर्षेनी संचारकर्मीलाई सम्मान गर्न थालेका हुन् ।

रामप्रसाद दुलालकी काइली छोरी चन्द्रकला चम्लागाईका छोरा माधव चम्लागाईको अगुवाइमा पुरस्कार खडा गरिएको हो । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाम्राकुरा डटकमका संस्थापक रहेका चम्लागाई पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य समेत हुन् । आगामी दिनमा रामप्रसादको स्मृतिमा प्रतिष्ठान नै खडा गरेर विभिन्न सामाजिक कामहरु गर्ने योजना परिवारको छ ।

प्रजातान्त्रिक योद्धा दुलालको नाममा इलाममा जिल्लाकै ठूलो राशीको पत्रकारिता पुरस्कार घोषणा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ