arrow

क्षुद्र ग्रहमा ठोक्काएर त्यसको बाटो परिवर्तन गर्न नासाले पठायो अन्तरिक्ष यान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
nasa-hamrakura.jpg

काठमाडौँ । क्यालिफोर्निया स्थित भान्डेनबर्ग केन्द्रबाट नासाले एक अन्तरिक्षयानलाई अन्तरिक्षमा पठाएको छ। स्पेसएक्स कम्पनीको फाल्कन ९ रकेटले डार्ट नाम दिइएको उक्त अन्तरिक्ष यानलाई अन्तरिक्षमा पठाएको हो।

यो अन्तरिक्षयान अबको १० महिनासम्म अन्तरिक्षमा परिक्रमा गर्ने छ । त्यसपछि डाइमर्फस नाम गरेको एउटा क्षुद्रग्रहमा गएर यो अन्तरिक्ष यान ठोक्किनेछ र त्यसपछि डाइमर्फस क्षुद्रग्रहको बाटो फेरिनेछ ।

भविष्यमा कुनै क्षुद्रग्रह पृथ्वीमा ठोक्किन आएमा यसरी अन्तरिक्षयानको सहायताले त्यसको मार्ग बदल्न सकिन्छ या सकिँदैन भन्ने परीक्षणका लागि नासाले यो मिसन अघि सारेको हो ।

यो मिसनका लागि नासाले झन्डै ३३ करोड अमेरिकी डलर खर्च हुने अनुमान गरेको छ । डार्ट क्षुद्रग्रहमा ठोक्किनु भन्दा १० दिन अगाडि यो अन्तरिक्षयानमा रहेको एउटा क्यामेरा बाहिर आउने छ । त्यो क्यामेराले डार्ट क्षुद्रग्रहमा अन्तरिक्षयान ठोक्किने क्रमको फोटोहरू खिचेर पृथ्वीमा पठाउने छ ।

त्यसपछि डार्ट क्षुद्रग्रहको बाटो परिवर्तन भयो या भएन भनेर पृथ्वीबाट टेलिस्कोपले हेरिनेछ । डार्ट क्षुद्रग्रहले पृथ्वीलाई कुनै असर भने पार्ने छैन ।

तीन सय मिटर भन्दा ठुलो क्षुद्रग्रहले पृथ्वीमा ठोक्किएमा एक महादेश र १ किलोमिटर भन्दा ठुलो क्षुद्रग्रह पृथ्वीमा ठोक्किए पुरै पृथ्वी नै ध्वस्त पार्न सक्ने वैज्ञानिकहरू बताउँछन् ।

६ करोड ६० लाख वर्षअघि १० किलोमिटर आकारको क्षुद्रग्रह पृथ्वीमा ठोक्किएको र त्यसैले डाइनोसरहरुको अन्त्य गरेको वैज्ञानिक प्रमाणहरूको आङ्कलन छ । सन् २००३ मा पत्ता लागेको यो डाइमर्फस क्षुद्रग्रह पृथ्वीभन्दा ७१ लाख किलोमिटर टाढा छ । 

यो मिसनले डाइमर्फस क्षुद्रग्रहको मार्ग थोरैले परिवर्तन गर्नेछ, यद्यपि, उक्त परिवर्तन पृथ्वीमा क्षुद्रग्रह ठोक्किनबाट जोगाउन पर्याप्त हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ