arrow

गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णयसँगै असन्तुष्ट न्यायधीशहरु बेन्चमा फर्किने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । सर्वोच्च अदालतले गोलाप्रथा विधिबाट पेसी तोक्ने निर्णय गरेको छ । विहीबार बसेको फुलकोर्टको बैठकले मंसिर १५ गतेसम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेसी तोक्न थाल्ने निर्णय गरेको अदालत प्रशासन स्रोतले जनाएको छ ।

निर्णय अनुसार आन्दोलनमा रहेका न्यायधीशहरु मंसिर १५ गतेबाट काममा फर्किने छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै तीन सातादेखि आन्दोलन गरिरहेका उनीहरु अब बेन्चमा फर्किने निश्चित देखिएको हो ।

न्यायाधीशहरु बेन्चमा फर्किए पनि प्रधान न्यायाधीशसँग एउटै बेन्चमा नबस्ने अडानमै छन् । सर्वोच्च स्रोतका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने निर्णय भएकाले असन्तुष्ट न्यायधीशहरु बेन्चमा फर्किन संभव देखिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ