arrow

कांग्रेस नवलपुर : जिल्ला अधिवेशन मंसिर १९ र २० मा हुने

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
congress-14th-general-convention2222.jpg

नवलपुर । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशन मंसिर १९ गते हुने भएको छ । मंसिर १० र ११ मा हुने भनिएको जिल्ला अधिवेशनको आवश्यक तयारी नसकिएको भन्दै अधिवेशन मंसिर १९ गतेलाई सारिएको नेपाली कांग्रेस नवलपुरका सहायक जिल्ला निर्वाचन अधिकृत चुडामणी शर्मा कंडेलले बताए ।

नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार मंसिर १९ गते मनोनयन र २० गते मतदान गर्ने गरि जिल्ला अधिवेशनको प्रक्रिया अगाडी बढाईने कंडेलले बताए । क्षेत्र नं २ को पुन: मतगणना हुन नसकेपछि १० गतेको लागि तोकिएको जिल्ला अधिवेशनको मनोनयन प्रभावित भएको हुँदा अधिवेशनको मिति सरेको हो ।

क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङको ३९४ र जगत कार्कीको पनि ३९४ मत भएपछि उम्मेदवारकै सहमतिमा पुन: मतगणना गर्ने सहमति भएको थियो । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट र गुरुङ वरिष्ठ नेता पौडेल समूहबाट उम्मेदवार बनेका थिए ।

मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । रोकिएको पुन: मतगणना ११ गते नेपाली कांग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको कंडेलले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ