arrow

एमालेको महाधिवेशनले रोकियो कांग्रेसको जिल्ला अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
congress-14th-general-convention1117.jpg

भरतपुर । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ ।

एमाले महाधिवेशनका कारण यातायातमा समस्या पर्ने देखिएकाले अधिवेशन सार्ने निर्णय भएको कांग्रेसका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । “यातायात र कार्यकर्ताको बसाइमा समस्या पर्ने भएकाले जिल्ला अधिवेशन केही दिनका लागि पछि सार्ने निर्णय भएको छ”, उनले भने । 

मङ्सिर १६ र १७ का लागि तय भएको सात प्रदेशको अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने गरी निर्वाचन समितिलाई जिल्ला कार्यसमितिले पत्र लेखेको छ । 

प्रदेश तथा केन्द्रको महाधिवेशनका प्रतिनिधि चयन भइसकेकाले जिल्ला अधिवेशनपछि सार्दासमेत फरक नहुने हुनाले १७ गतेपछि जिल्ला अधिवेशन गर्न सिफारिस गरिएको नेताहरुको भनाइ छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे नारायणी नदी किनारमा हुनेछ । बन्दसत्र भने शनिबार र आइतबार सौराहाको होटल सेभेन स्टारमा हुने गरी तयारी भएको एमालेले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ