arrow

मध्यान्ह १२ बजे उद्घाटन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदैछ । मध्यान्ह १२ बजे नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । 

अहिले चितवन एमालेमय भएको छ । महाधिवेशनका कारण सत्तारुढ दल नेपाली कांग्रेसले जिल्ला अधिवेशनसमेत स्थगित गरेको छ । महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिहरु हिजै चितवन आइसकेका छन् । एमालेले उद्घाटन कार्यक्रममा पाँच लाख नेता कार्यकर्ताको उपस्थिति हुने बताएको छ । 

त्यसैगरी पर्यवेक्षकसँगै विदेशी पाहुनाहरुसमेत उपस्थित हुनेछन् । उद्घाटनमा विदेशी पाहुनाहरुलेसमेत संवोधन गर्ने कार्यक्रम राखिएको छ । 

प्रचार विभाग प्रमुख योगेश भट्टराइले उद्घाटन पूर्व नवलपुरको गैँडाकोट र चितवनका विभिन्न सात स्थानबाट जुलुस निकाल्ने क्रम रहेको बताए । महाधिवेशनमा आउनेहरुको स्वागतका लागि जिल्लाका विभिन्न ५० ठाउँमा स्वागत गेट, व्यानर, पार्टीका झण्डा विभिन्न ठाउँमा राखेर चितवनलाई झकिझकाउ बनाइएको छ । 

सहभागी हुने जनप्रतिनिधिलाई आज बेलुका मात्रै सौराहामा परिचयपत्र बाँडिने छ । भोलि बिहान ८ः३० बजेबाट बन्द सत्र शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ