यो देशको बागडोर पुन: एमालेले नै गर्ने संकल्प गर्नैपर्छ : बादल
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
479
Shares
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समारोहका संयोजक रामबहादुर थापा बादलले यो देशको बागडोर पुनः जनादेशमार्फत नेकपा एमालेले नै गर्ने संकल्प गर्नुपर्ने बताएका छन् ।
चितवनमा शुक्रबार एमाले १० औँ राष्ट्रिय महाधिवेसनको उद्घाटन सभामा स्वागत सम्बोधन गर्दै नेता बादलले एमालेकै सत्ता संचालन गर्ने संकल्प गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘निसन्देह यो महाधिवेशनले जनादेशमार्फत यो देशको बागडोर पुनः नेकपा एमालेले नै बहन गर्ने संकल्प गर्ने पर्छ ।’
नेकपा एमालेको राष्ट्रिय महाधिवेशन लोकतन्त्र र समृद्धिको अभियानका रुपमा रहेको बताउँदै उनले महाधिवेशनमा सहभागी सबैलाई स्वागत गरेका छन् ।