समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने अबको आवश्यक्ता हो- ओली
चुनावपछि एमाले सरकार बन्छ, समृद्ध नेपाल सुखी नेपाली बनाउँने अभिभारा पुरा गर्छ- ओली
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
749
Shares
काठमाडौँ। नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अबको आवश्यक्ता समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने रहेको बताएका छन् ।
चितवनमा जारी एमाले राष्ट्रिय महाधिवेसनको सम्बोधनका क्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले 'लोकतन्त्र अब, स्थापीत भइसकेको र शान्तिपूर्ण वातावरणलाई कायम राखेर अघि बढ्नुपर्ने' आवश्यक्ता रहेकाे बताएका छन् ।
ओलीले देशको सबैभन्दा ठुलो पार्टीको महाधिवेसन आज यहाँ (चितवनमा) भइरहेको बताए ।
सम्बोधनका क्रममा ओलीले भने, 'आउँदो चुनावपछि एमालेको सरकार बन्छ र बाँकी रहेका विकासका कामलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपली बनाउँने अभिभारा पुरा गर्छ ।'
ओलीले दैनिक एमालेमा प्रवेश गर्नेहरु समेत बढेको बताए। उनले भने, 'आजै पनि मौका मिलेमा लाखौँ मानिसहरु पार्टी प्रवेश गर्न तयार छन्',।
ओलीले अब, 'पार्टी चुनावको तयारीमा जाने' बताए । उनले भने 'जनमतको तयारी एकल बहुमत ल्याउनुपर्ने भएका कारण चुनावको तयारीमा जानुपर्छ।'
उनले भने, 'अब, चुनावमा जानुपर्छ तर एमालेका लागि हैन्, यो देशका लागि,सार्वभौम सत्ताको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्नका लागि।'
यस्तै ओलीले देशमा विकासको लहर चलाउन र अल्पविकसित मुलुकबाट विकाससिल मुलुकमा उठाएका दाबी गरे ।ओलीले अब, ९ वर्षभित्रै दिगो विकासको लक्ष्य हासिल गर्नुपर्ने रहेकाे बताए ।
उनले नेपाल प्राकृति सम्पदाले भरीपूर्ण रहेको टिप्पणी समेत गरे । उनले भने, 'नारायणी जस्तै नदी, पहाड, हाम्रा हीमाल, हरेक प्राकृतिक सम्पादा, दुनियामा नभएका अनौठा कुराहरु नेपालमा रहेका छन् । पनि नेपालका दुई ओटा नदीमा मात्रै पाइन्छ ।'
नेपालमा आन्तरिक र वैदेशिक लगानीको उचित वातावारण समेत बनेको उनले बताए । यस्तै ओलीले एमालेको चुनाव चिन्ह सुर्यको वर्णन गर्दै हसिया हथौडा अलमल अलमल पारिराखेको भन्दै आलोचना गरे ।
ओलीले अझैँ पनि शान्ति प्रक्रिया नटुंगीएको बताए । उनले प्रचण्डको नाम तोक्दै भने, 'किन जेलमा रहेका झुटामा मुद्दा खारेज गर्नु हुन्न ? घाइतेको उपचार किन हुँदैन ? १० हजार बाँडेर समस्या समाधान हुँदैन।'
यस्तै ओलीले १० सौँ हजार पूर्व लडाकुलाई एमालेमा प्रवेश गराउने बताए । उनले आलोचना गर्दै भने, 'हिजो आन्दोलन कल्लाई मेयर बनाउन गरिएको रहेछ, कल्लाई मन्त्री बनाउ आन्दोलन गरिएको रहेछ । त्यसको फाइदा कोको ले लिए मैले भन्न पर्दैन।'
आफ्नो पार्टीमा आउन आग्रह गर्दै ओलीले पूर्व लडाकुलाई भने,'नेकपा एमाले तपाइहरुको पार्टी हो हिजो गल्तीले भ्रममा पर्नु भो।'