arrow

एमालेको अन्तिम केन्द्रीय कमिटी बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
uml-10th-general-convention.jpg
तस्बिर– महाधिवेशन उद्घाटनमा सहभागी कार्यकर्ताहरु ।

सौराहा । नेकपा एमालेको दशौं महाधिवेशनको बन्द सत्र शुरु हुनुअघिको यो कार्यसमितिको अन्तिम केन्द्रीय कमिटी बैठक बसिरहेको छ । आज दिउँसो नारायणी नदी किनारमा दशौं महाधिवेशनको उद्घाटन भएपछि बन्द सत्र शुरु हुनुअघि केन्द्रीय कमिटीको अन्तिम बैठक बसेको हो । 

बैठकमा सर्वसम्मतका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रयास गर्ने बुझिएको छ । नेताहरुले ओलीको हरियो झण्डाको प्रतिक्षा गरिरहेका छन् । ओलीले एमालेभित्र कोही पनि इतर पक्ष नरहेको सन्देश दिइरहेका छन् । उनका विश्वासी नेताहरुबाट सबै नेतालाई चित्तबुझ्दो पद व्यवस्थापन गर्ने बताइरहेका छन् । 

ओली सामु माधवकुमार नेपालको साथ छाडेका भीमबहादुर रावलसहितका दश जना र माओवादी केन्द्र छाडेर एमालेमा आएका रामबहादुर थापा बादलसहितका शीर्ष नेताहरुलाई व्यवस्थापन गर्ने चुनौती छ । 

माधव नेपालबाट आएकालाई व्यवस्थापन नगरे उनीहरु चुनाव लड्ने पक्षमा छन् भने बादलसहितका नेताहरुलाई सर्वसम्मत व्यवस्थापन नगर्ने हो र चुनावमा उत्रने हो भने हार्ने सम्भावना बढी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ