एमाले महाधिवेशन स्थलमा नाराबाजी, सर्वसम्मत नेतृत्व चयनका लागि दबाब
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
709
Shares
काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन चलिरहेको चितवनको होटल सेभेन स्टार परिसरमा नाराबाजी भएको छ ।
केपी ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउनुर्ने माग राख्दै प्रतिनिधिहरुले नाराबाजी गरेका हुन् । बन्दसत्र चलिरहेका बेला प्रतिनिधिहरुले सर्वसम्मत नेतृत्वका लागि दबाब दिँदै नाराबाजी गरेका हुन्।
बन्दसत्र शुरु हुनुअघि १५-२० जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो । उनीहरुले ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग गरेका छन् ।
तर उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबीमा अडिक भएका छन् । ओली भने आफू पक्षधर नेताहरुसँग छलफलमा छन् । बन्दसत्र १२ बजेपछिमात्र सुरु हुने नेताहरुले बताएका छन्।