arrow

एमाले महाधिवेशनको बन्द सत्रमा ढिलाई, ओली–रावल आन्तरिक छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ११ शनिबार
uml-10th-opening4733.jpg

सौराहा । नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र अहिलेसम्म शुरु हुन सकेको छैन । शनिबार बिहान ८ः३० बजे नै बन्द सत्र शुरु हुने भनिए पनि अहिलेसम्म बन्द सत्र हुन नसकेको हो । 

उक्त समय सारेर बिहान १०ः३० बजेलाई हुने भनिएको थियो । तर यो समय घर्केर दिउँसोदेखि मात्र शुरु हुने देखिएको छ । अहिले अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा छन् । 

त्यस्तै भीमबहादुर रावल पक्ष पनि आन्तरिक छलफलमा रहेको छ । ओलीले सर्वसम्मत पदाधिकारी चुन्ने पक्षमा छन् । रावल भने सही व्यवस्थापन नभएसम्म चुनावमै गएर जित हार स्वीकार्न तयार रहेको बताउँदै आएका छन् । 

रावलले अध्यक्ष र घनश्याम भुषाल उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । बिहान ८ः३० देखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको थियो । 

अहिले केन्द्रीय सदस्यका आकांक्षी भने भोट माग्न व्यस्त देखिएका छन् । अन्य पदाधिकारीका लागि पनि आन्तरिक छलफलमा जुटिरहेकाले मुख फोडेर भोट माग्न खोजिरहेका छैनन् । 

हिजोदेखि शुरु भएको महाधिवेशनमा बन्द सत्र शुरु भएपछि उक्त सत्रमा विदेशी पाहुनाहरुले सम्वोधन गर्ने कार्यक्रम छ । 

तर अहिलेसम्म सत्र शुरु हुन नसक्दा सर्वसम्मतको सपना टाढिएको आशंका गरिएको छ । सर्वसम्मतकै लागि कार्यसमिति सदस्यको संख्या बढाइएको छ । 

महाधिवेशन भोलिसम्म चल्ने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ