arrow

दाङ कांग्रेस सभापतिमा चार जनाबीच प्रतिस्पर्धा

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर ११ शनिबार
dang congress.png

रुपन्देही । नेपाली काँग्रेसको १४औँ महाधिवेसन अन्तर्गत दाङ जिल्ला कार्यसमितिका लागि शनिबार भएको मतदान सकिएको  छ। सर्वसम्मत रुपमा कार्यसमिति चयन हुन नसकेपछि शुक्रबार सभापतिका लागि चारजनाले उम्मेद्वारी दर्ता गराएका थिए ।  शनिबार पद्मोदय पब्लिक नमूना मावि घोराहीमा मतदान भएको हो।

निर्वाचन कार्यसमितिका अनुसार कुल मतदाता २ हजार १ सय ९२ मतदातामा २ हजार १ सय १९ जनाले मतदान गरेको वताएको छ । तीन वटा निर्वाचन क्षेत्रको ६ वटा मतदान केन्द्र तोकेर मतदान गरिएको थियो । बिहान ९ वजे बाट शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो ।

जिल्ला सभापतिका लागि चार जनाको उम्मेद्वारी परेको थियो । जसमा संस्थापन पक्षबाट तीन जना र संस्थापन ईतर पक्षबाट एक जनाले उमेदवारीले दिएका थिए । संस्थापन पक्षबाट भुप बहादुर डाँगी, जानकीलाल बस्नेत र कमल किशोर घिमिरे रहेका छन् भने संस्थापन ईतर पक्षबाट भने शंकर डाँगीले उम्मेद्वारी दिएका हुन् । 

पार्टीको विधान अनुसार सभापतिमा चयन हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ, २ जनाले यद्यपि त्यो भन्दा कम मत ल्याउने र दुुई जनाले धेरै मत ल्याएको खण्डमा पुनः मतदान गर्ने व्यवस्था रहेको वताइएको छ । जसबाट एक जनालाई  जिल्ला सभापतिमा चयन गरिने छ ।

यस्तै २ जना उपसभापतिका लागि ७ जनाको उम्मेद्वारी परेको छ। जसमा यज्ञ बहादुुर ओली, एकराज आचार्य, गिरीराज सुुबेदी, प्रदिप कुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र कमानसिंह भारती बीच कडा प्रतिस्पर्धा रहेको छ । त्यसैगरी दुुई जना सचिव पदका लागि ४ जनाको प्रतिस्पर्धा छ। अर्जुन कुमार योगी, बालिका लम्साल, सूूर्यप्रकाश राना र कृष्ण प्रसाद सुबेदी  प्रतिस्पर्धामा छन् ।

यस्तै २ सहसचिव पदका लागि राजुु आचार्य, लक्ष्मि योगी, सुुबोध कुुमार डाँगी र हरिप्रसाद भुुसाल छन् । नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ जना पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने भएका छन् । मत परिणाम भने आइतबार सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्य समितिले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ