arrow

भीम रावल चट्टानजस्तै खडा भए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
uml-10th-general-bhim-rawal.jpg

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका नामावाली हलसमक्ष प्रस्तुत गर्ने अधिकार दिइएपछि उपाध्यक्ष भीमबहादुर रावल एक्लै चट्टानजस्तै खडा भएका छन् । उनले बन्दसत्रमा एक्लै फ्लोरले दिएको अधिकारको विरोध गरेका हुन्  । 

रावलले लोकतान्त्रिक पद्धतिअनुरुप पार्टी चल्नुपर्ने भन्दै विधानलाई नतोडी निर्वाचन प्रक्रिया थाल्न पनि आग्रह गरेका छन् । उनले आफूले अध्यक्षका लागि आफूले उम्मेदवारी दिने भन्दै आफ्नो अधिकारलाई कसैले छिन्न नसक्ने स्पष्ट पारेका छन् । 

बन्दसत्रमा निकै नै होहल्ला भएको थियो । जबकि शुक्रबार बिहान ८ः३० देखि नै उम्मेदवारी दर्ता गर्ने भनी निर्वाचन समितिले  कार्यतालिका जारी गरेको थियो । तर शुक्रबार दिनभरि ओली छलफलमा रहे । उनी सर्वसम्मत गर्ने नाममा निर्वाचन समितिलाई अगाडि बढ्नै दिइएन । 

र अन्ततः महाधिवेशनलाई कर्मकाण्डी बनाउन खोजियो । सहमतिअनुसार  अध्यक्ष ओलीले केन्द्रीय लेखा आयोग र अनुशासन आयोगका २५–२५ जना पदाधिकारीका नाम पनि प्रस्ताव गर्नेछन् । एमाले महाधिवेशनको जारी बन्दसत्रमा उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित विधानअनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटीको निर्माण गर्दा विभिन्न क्लष्टरबाट खुल्ला, महिला, जनजाति, मुस्लिम, थारु, श्रमिक, पिछडिएको क्षेत्र आदिका प्रतिनिधित्व हुने गरी उक्त प्रस्ताव गर्ने बताए । 

तर सो प्रस्तावलाई रावलले अस्वीकार गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने हललाई जानकारी गराए । शनिबारको बन्दसत्रको समापन गर्दै अध्यक्ष ओलीले उम्मेदवारी दिन पाउने हक कायमै रहेको र सकेसम्म पार्टीलाई एकताबद्ध बनाउन सहमतिमा जाउँ भन्ने हलको कार्यादेश रहेको स्पष्ट गरे । । 

महासचिव ईश्वर पोखरेलले सहमति नभएका पदमा उम्मेदवारी दिन पाइने जनाए । बन्दसत्रका क्रममा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत अहिलेको आवश्यकता रहेको भन्दै सर्वसम्मत हुँदैमा लोकतन्त्र नमिचिने बताए । 

उनले मतदान र सर्वसम्मत दुवै निर्वाचनका प्रक्रिया रहेको भन्दै चुनाव लड्ने अधिकारी सबैलाई रहेको बताए । यो अधिकारअनुसार उपाध्यक्ष डा. रावलले उम्मेदवारी दिने बताएका छन्  । उनी पछाडि हट्ने लक्षण आइतबार बिहानसम्म पनि ल्याएका छैनन् । 

उनको मात्र उम्मेदवारी परे के गर्ने ? भनी ओलीले सोधेको प्रश्नमा रावलले सहज जवाफ दिएका छन्, ‘म स्वतः विजयी’ । 

ओलीलाई भीम रावल डर हैनन् । ओली नै अध्यक्ष हुने नै छन्  । रावलले ओलीलाई हराउने माहोल बनाएका  छैनन्  । तर कम्तीमा विधानलाई  पालना गर्नुपर्छ भन्ने अडान उनको कायम नै रहेको छ । 

अर्कातर्फ ओलीका आफ्नाहरुबीच पनि चर्को लडाइ भइरहेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई  सुवास नेम्वाङले छाडेका छैनन्  । त्यस्तै महासचिवमा विष्णु पौडेललाई शंकर पोखरेलले  छाडेका  छैनन् । 

अन्य पदमा पनि आकांक्षी  धेरै  नै छन् । यदि यस्तै विवाद बढ्दै जाने हो भने असन्तुष्टहरुको नै छुट्टै  गठबन्धन बन्यो  भने त्यतिबेला के होला ? 

बन्दसत्र आइतबार १० बजे पुनः सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ