प्रधानन्यायाधीश जबराले तोके आठ इजलास, कानून व्यवसायीहरु पाँचौं चरणको आन्दोलनको तयारीमा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
555
Shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आठ इजलास तोकेका छन् । जबराले आफूलाई भने कुनै इजलास तोकेका छैनन् ।
जबराले सात संयुक्त र एक एकल गरी आठ इजलास अन्तर्गत २७४ मुद्दाको पेसी तोकेका हुन् ।
यता, प्रधानन्यायाधीश विरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुले भने पाँचौ चरणको आन्दोलनको तयारीमा जुटेका छन् । चौथो चरणको कार्यक्रम अनुसार उनीहरुले आइतबार पनि धर्ना कार्यक्रमलाई भने जारी राखेका छन् ।
नेपाल बार एसोसिएसनले सोमबार भोलि आफ्नो बैठक डाकेर पाँचौ चरणको आन्दोलन घोषणा गर्न लागेको हो । एक महिनादेखि आन्दोलनमा रहेको बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै आइरहेको छ ।